बर्दियामा २७ औं जनयुद्ध दिवस कार्यक्रम सम्पन्न
बर्दिया । आज नेकपा ( क्रान्तिकारी माओवादी ) बर्दिया जिल्ला समितिको आयोजनामा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका अन्तर्गत सहिद तथा बेपत्ता स्मृति पार्कमा २७ औं जनयुद्ध दिवस कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली जनताले सामन्ती राज्यसत्ता, पुँजीवादी शोषणउत्पीडन, साम्राज्यवादी, विस्तारवादी हस्तक्षेप र सबैप्रकारका विभेदबाट मुक्तिका लागि हतियार उठाएको २६ वर्ष पूरा भएर २७ वर्ष लागेको उक्त अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) पार्टी बर्दियाले आज उक्त कार्यक्रम गरेको हो ।
कमरेड विशालले संचालन गर्नु भएको कार्यक्रमको अध्यक्षता कमरेड दिवाकरले गर्नु भएको थियो । उक्त कार्यक्रममा नेकपा ( क्रान्तिकारी माओवादी ) पार्टीका पाेलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र न्यौपानेको प्रमुख अतिथ्यता र जिल्ला सचिव कमरेड बिपीन रोकायको अतिथ्यता रहेको थियो ।
महान जनयुद्धको २७ औं वार्षिकोत्सवकाे अवसरमा नेता न्यौपानेले शुभकामना मन्तव्य सहित महान जनयुद्धको ऐतिहासिकता , महत्त्व र सान्दर्भिकताबारे चर्चा समेत गर्नु भयो । जनयुद्ध र क्रान्तिको बाँकी कार्यभार अब नयाँ पुस्ताले पूरा गर्नुपर्ने बताउनुभयो ।