दाङमा एमसीसी सम्झौताको विरोध गर्ने नेता-कार्यकर्ता पक्राउ
दाङ । राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा आजको नेपाल बन्दलाई सफल बनाउनका लागि र बन्दको अवज्ञा विरुद्ध दाङ भित्रका विभिन्न चोकहरुमा आन्दोलनकारीहरुले एमसीसी खारेजीको नारा लगाउदै बन्द सफल पार्न विहानैदेखि आन्दोलनमा उत्रिएका छन ।उक्त आन्दोलनकारीहरुमाथि प्रहरीहरुले दमन गर्ने काम गरिरहेको छ ।
यसैक्रममा बुधबार दाङको भालुबाङबाट नेकपा.(क्रान्तिकारी माओवादी)निकट विद्यार्थी संगठनका नेता मनोज थापा र विप्लव निकटका अशोक चौधरीलाई प्रहरीले गिरफतार गरेको छ ।