एमसीसी पास भए राष्ट्रिय युद्ध हुन्छ: नेता सीपी गजुरेल

0 223
maobadi

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य समेत रहनु भएका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जबर्जस्त एमसीसी लादियो भने देशमा राष्ट्रिय युद्ध हुने चेतावनी दिनुभएको छ । ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको संयुक्त आयोजनामा भएको विशाल विरोध प्रदर्शनपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

आफूहरुले त्यो स्थिति आउन नदिन अहिले सडकमा आन्दोलन गरिरहेको बताउँदै जबर्जस्त एमसीसी लादिए राष्ट्रिय युद्ध हुने र त्यसले अहिलेको व्यवस्थालाई पनि उलटपुलट, उथलपुथल पारिदिने समेत दावी गर्नुभयो ।

देशको स्वाधीनताको रक्षाका लागि सबै देशभक्त क्रान्तिकारीहरु एकजुट हुनुपर्ने बताउँदै एमसीसी खारेज नहुन्जेलसम्म सबै पार्टीभित्र रहेका देशभक्त क्रान्तिकारीहरुले अझ ठूल्ठूला विरोध प्रदर्शन र आवश्यक परे जस्तोसुकै कदम चाल्न पनि तयार हुनुपर्ने समेत बताउनु भयो ।

You might also like
Loading...