बर्दियामा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध संयुक्त विरोध प्रदर्शन

0 513

बर्दिया । आज नेकपा ( क्रान्तिकारी माओवादी) लगायत ६ दल र दुई मोर्चाको आयोजनामा गुलरिया बसपार्क देखि जुलुस सुरुभइ बजार परिक्रमा पश्चात राधाकृष्ण चोकमा पुगेर विरोध सभा सम्पन्न भएको छ ।

राष्ट्रघाती एमसीसी सम्झौता खारेज आन्दोलनको निरन्तरताको कार्यक्रमको संचालन नेकपा (क्रान्तिकारी माओवादी) का बर्दिया जिल्लाका सचिव कमरेड बिपीनले गर्नु भएको थियो । उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पिवीएम एवं लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र न्यौपानेले सम्बोधन गर्नु भएको थियो । साथै नेपाल कम्युनिस्ट पार्टीका विशेष समिति सदस्य कमरेड हिमशिखरले पनि मन्तव्य राख्नु भएको थियो ।

एमसीसी खारेज नभएसम्म सबै पार्टीभित्र रहेका देशभक्त क्रान्तिकारीहरुले देशको स्वाधीनताको रक्षाका लागि विरोध प्रदर्शन र संघर्षलाई थप सशक्त बनाउँदै लैजानु पर्ने नेता न्यौपानेले बताउनु भयो ।

You might also like
Loading...