बाँकेमा एमसीसी सम्झौता विरुद्ध विशाल विरोध प्रदर्शन
बाँके । नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको संयुक्त आयोजनामा आज बाँकेको नेपालगन्जमा एमसीसी सम्झौता विरुद्ध विशाल विरोध प्रदर्शन भएको छ । उक्त कार्यक्रमको संचालन नेकपाका नेता डिबिले गर्नु भएको थियो ।
सो विरोधसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा बाँके र बर्दियाका इन्चार्ज तेजविक्रम शाहीले एमसीसी सम्झौता नेपालको संविधान र कानुनभन्दा माथि पारेर नेपाललाई उपनिवेश बनाउनका लागि संसदबाट पास गर्न लागेको हुँदा उक्त सम्झौता खारेजै गर्नु पर्ने बताए।
जबरजस्ती एमसीसी पास गर्न खोजे देश युद्धतिर जान सक्ने खतरा बढेको उहाँले बताउँनु भयो । यस विरोध कार्यक्रममा नेकपा, नेकपा माओवादी केन्द्र समाजवादी,र नेकपा (क्रान्तिकारी माओवादी)का वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।