एमसीसी टेवल भएपछि ¨रणभूमि¨ बन्यो संसद भवन क्षेत्र

0 227

आखिरमा अमेरिकी साम्राज्यवादले उसका दलालहरुमार्फत अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा व्यापक सुरक्षा कर्मि तैनाथगरी सडकका देशभक्त क्रान्तिकारीहरुमाथि बन्दुक र गोली ताकेर तत्कालका लागि पेशगर्न सफल भएको छ ।

यद्धपि आजको संसदमा राजमो, नेकमकिपा, माओवादी केन्द्रका केही र एकिकृत समाजवादीका केही संसदले विरोध गरेको देखियो । तर उनीहरुको साररुप देखिन केही दिन पर्खन पर्ने छ भने एमाले अब देउवाको नेपाली काँग्रेसजस्तै अमेरिकी दलालका रुपमा इतिहास दर्जगर्ने स्पष्ट छ ।


संसदभित्र अमेरिकी दलालहरुव्दारा एमसीसी टेबल हुँदै गर्दा संसद भवन बाहिर भने देशभक्त क्रान्तिकारीहरुको एमसीसीको विरोधमा प्रदर्शन चर्किएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् ।


प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही घाइते भएका छन् । केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा(क्रान्तिकारी माओवादी)का नेता बसन्त बोगटीलगायत कैयौ नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गिरफतार गरेको छ ।

You might also like
Loading...