एमसीसीको विरोध कार्यक्रममा पक्राउ परेकालाई रिहाइ गर्न माग

0 291

काठमाडौं  । नेकपा (क्रान्तिकारी माओवादी) ले यही फागुन ८ गते गरेको एमसीसीको विरोध कार्यक्रममा पक्राउ परेका आफ्ना पार्टीका केन्द्रीय सदस्यलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।

मंगलबार पार्टी महासचिव मोहन वैद्य किरणले विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध कार्यक्रममा पक्राउ गरिएका केन्द्रीय सदस्य वसन्त बोगटी र सुनिता बुढाथोकीलाई रिहा गर्न आग्रह गरेका हुन् । साथै क्रान्तिकारी माओवादीले आफ्नो पार्टी र अन्य पार्टीका नेता तथा कार्यकर्तालाई लगाएका झुट्टा मुद्दाको निन्दा तथा भर्त्सना गर्दै उनीहरुलाई अविलम्ब एवम् निःशर्त रिहाइ गर्न माग गरेको छ ।

You might also like
Loading...