बाँसगढी नगरपालिका ९ नं. वडा कार्यालयमा तालाबन्दी

0 352

बर्दिया । बर्दिया जिल्ला बाँसगढी नगरपालिका ९ नम्बर वडा कार्यालयमा तालाबन्दी भएको छ ।

आज नेकपा (क्रान्तिकारी माओवादी ) को नेतृत्वमा बाँसगढी नगरपालिका ९ थुमनीका जनताद्वारा वडा कार्यालयमा तालाबन्दी भएको हो ।

स्थानीय तहमा बिकास निर्माणकार्यमा भएको भ्रष्टाचार, अनुदान सहयोगमा भएको पक्षपात र सामाजिक विकासको लेखाजोखा लगायतका विषयलाई लिएर उक्त वडा कार्यालयमा तालाबन्दी गरेको नेकपा( क्रान्तिकारी माअोवादी) लुम्बिनी प्रदेश सदस्य विक्रम भण्डारीले बताएका छन ।

साथै, विकास निर्माण कार्यमा भएको नेकपा एमालेका कार्यक्रता भर्ती लगायत समसामयिक अन्य विषयहरुमा व्यापक जनगुनासो आएको हुँदा उक्त कदम चाल्न बाध्य भएको उहाँले जनपथ खबरसंग बताउँनु भयो ।

You might also like
Loading...