बर्दियामा एमसीसी विरुद्धको आन्दोलन चर्कियो: जिल्ला प्रशासन कार्यालय घेराउ

0 269

बर्दिया । आज नेकपा (क्रान्तिकारी माओवादी) सहित आठ दलीय मोर्चाले बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा बसपार्कबाट जुलुस प्रदर्शन गरी जिल्ला प्रशासन कार्यालय घेराउ तथा विरोध सभा कार्यक्रम सम्पन्न गरेको छ ।

प्रहरीको दमन सामना गर्दै कार्यक्रम सम्पन्न भएको कुरा एक नेताले जनपथ खबरलाई जानकारी गराउनु भयो ।

कार्यक्रमको संचालन नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला सचिव कमरेड बिपीनले गर्नु भएको थियो । उक्त कार्यक्रममा सम्बोधन नेकपा (क्रान्तिकारी माओवादी) का पाेलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र न्यौपानेले गर्नु भएको थियो ।

साथै , देशभक्त जनगणतान्त्रिक मोर्चा , नेपालका लुम्बिनी प्रदेशका सह सचिव एवं बर्दिया जिल्ला अध्यक्ष बिक्रम भण्डारी, नेकपाका जिल्ला सचिव गणेश चौधरी र राष्ट्रिय जनमाेर्चा जिल्ला सदस्य रतन सिंह रावतले लगायतका नेताहरूले एमसीसी कुनै पनि हालतमा खारेज गर्नुपर्ने धारणा राख्नु भएको थियो

You might also like
Loading...