बर्दियाको भुरिगाउमा नेपाल बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस

0 512

बर्दिया । नेपाल बन्द आव्हानको पूर्व सन्ध्यामा नेकपा (क्रान्तिकारी माओवादी) बर्दिया जिल्लाले मशाल जुलुस सहित कोण सभा कार्यक्रम सम्पन्न गरेको छ ।

आज बर्दियाको भुरिगाउ बजारमा राष्ट्रघात तथा जनघातका विरुद्धमा फाल्गुन १६ गते नेकपा (क्रान्तिकारी माओवादी) सहित आठ दलीय संयुक्त मोर्चाले गरेको नेपाल बन्द आव्हानको पूर्व सन्ध्यामा उक्त विरोध कार्यक्रम भएको हो ।

उक्त कोण सभाको संचालन जिल्ला सचिव कमरेड बिपीन रोकायले गर्नुभएको थियो । कार्यक्रममा सम्बोधन नेकपा ( क्रान्तिकारी माओवादी) का पाेलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले गर्नु भएको थियो ।

सम्बोधनको क्रममा नेता न्यौपानेले देशमा राष्ट्रघात र जनघातका विरुद्ध जनस्तरबाटै खारेज गर्नको निमित्त राष्ट्रिय मुक्ति युद्ध नै आजको मुख्य विषय बन्न गएको कुरा ठाेकुवा गर्नु भयो ।

साथै , देशभक्तहरु एकताबद्ध हुनुको विकल्प नरहेकोले सम्पूर्ण देशभक्तहरु एकताबद्ध हुन समेत अपील गर्दै भोलिको नेपाल बन्द सफल पार्न सबैमा आव्हान गर्नु भएको छ ।

You might also like
Loading...