बर्दियाका रावलद्वारा वस्नेत परिवारलाई आर्थिक सहयाेग

0 478

बर्दिया । बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नं.८ सुतैया बस्ने प्रेम बस्नेतकाे आमाको कालगतिले मत्यु भएकाे हुँदा उहाँको मृत्यु संस्कार गर्न विनय रावलले आर्थिक सहयाेग गर्नुभएको छ ।

सो परिवारको आर्थिक अवस्था निक्कै कम्जाेर भएकाेले मृत्यु संस्कार गर्न समेत अप्ठ्यारो परेको हुँदा रू.१०,०००/-(दस हजार) एक कार्यक्रमकाबीच आजै हस्तान्तरण गरिएकाे छ ।

गाउँ गाउँका सिंहदरबार अर्थात स्थानीय तह तथा वर्तमान राज्य व्यवस्थाले यस वर्गीय समाजका निम्न तथा पिछडिएका मानिसको जीविकोपार्जनका निम्ति कुनै पनि पहल कदमी गरेको पाईदैन ।

गरिबिलाई न्युनिकरण र स्वराेजगार मुलक कार्य गरि नागरिकहरूलाई आत्मनिर्भर बनाउनमा केन्द्रित रहेकाे पाईदैन समाजमा आर्थिक रूपले अति बिपन्न नागरिकहरूलाई खासै सहयाेग तथा उनिहरूलाई टेवा पुग्ने कार्य गरेकाे पनि देखिदैन ।

You might also like
Loading...