संयुक्त महिला संघर्ष समितिद्वारा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

0 365

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी( क्रान्तिकारी माअोवादी)सम्बद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारी सहित संयुक्त रूपमा सङ्घर्ष गरिरहेका ६ दलमा आबद्ध क्रान्तिकारी महिला सङ्गठनहरूको साझा मोर्चा ‘संयुक्त महिला संघर्ष समिति’ ले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाएको छ ।

काठमाडौँमा आज स्वतन्त्रता, समानता र स्वाधीनताका लागि सशक्त संघर्ष गरौँ! ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाऔँ!! भन्ने मूल नाराका साथ ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) मनाइएको हो ।

उक्त कार्यक्रमको र्याली नारा,जुलुस सहित रत्नपार्क शान्तिबाटिकाबाट संयुक्त रूपमा सुरु भइ भद्रकाली सहिदगेट, सुन्धारा हुँदै पुनः शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो ।

You might also like
Loading...