समाजसेवी रावलद्धारा रक्त अल्पता भएकी बिरामीलाई र जेहेन्दार छात्रालाई आर्थिक सहयोग प्रदान

0 381

बर्दिया । बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिकाका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका पीडित मानिसहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

आज विभिन्न किसिमका रोग र शिक्षा क्षेत्रमा पीडित मानिसहरुलाई एक कार्यक्रमका बीच समाजसेवी विनय रावलले करिब २८००० आर्थिक सहयोग गर्नु भएको हो ।

ठाकुरबाबा नगरपालिका वडा नं.२ बस्ने खुसिराम थारूको छोरि हाल मनुषा टिकासिंह क्याम्पस सिंहवाहिनिमा ब्याच्लर तेस्रो बर्षमा अध्ययनरत जेहेन्दार छात्रा बिमला थारूको आर्थिक अवस्था निक्कै कम्जोर भएका कारण बिगत तीन बर्ष देखि नियमित रूपमा अध्ययन गर्न बार्षिक फि र अध्ययन कार्य सहजताका लागि अन्य सहयोग समेत गरिआउनु भएका समाजसेवी विनय रावलले रू १८०००(अठार हजार) पुन: नगद सहयोग गर्नु भएको छ ।No description available.

त्यसैगरी ठाकुरबाबा नगरपालिका वडा नं.६ बकुवा बस्ने बालकृष्ण चौधरिको श्रीमती शान्ति चौधरि बिगत २ बर्ष देखि रक्त अल्पताको बिमारि भई ओैषधि उपचार गराउदा गराउदै आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकोले निजको स्वास्थ्य उपचार र दैनिक सहजताका लागि आजै रावलले रू१००००(दश हजार) नगद सहयोग गर्नु भएको छ ।No description available.

You might also like
Loading...