रुपन्देहीमा राष्ट्रघाती एमसीसी विरुद्ध विरोध प्रदर्शन

0 221

रुपन्देही । बुटवलमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चा सम्बद्ध राष्ट्रिय मुक्ति मोर्चा (जातीय/क्षेत्रीय), श्रमिक/दलित जनजातिको संयुक्त संघर्ष समितिले एमसीसी परियोजना विरुद्ध विरोध प्रदर्शनका साथै कोणसभा सम्पन्न गरेको छ ।

एमसीसी संसदबाट पास भएपछि यसलाई कार्यान्वयन हुन नदिने नेकपा सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले देशव्यापी सङ्घर्ष गर्दै आएको छ । केन्द्रीय कार्यक्रम अन्तर्गत रूपन्देहीमा संयुक्त मोर्चाले लगातार संघर्ष गर्दै आएको छ ।

उक्त विरोध कार्यक्रममा वक्ताहरुले एमसीसी परियोजना साम्राज्यवादको बल्छी भएको भन्दै संसदले नेपाली जनतालाई गड्यौलाजस्तै बनाएको बताएका छन । उहाँहरुले एमसीसी परियोजना कुनै हालतमा कार्यान्वयन नहुने भन्दै एमसीएको नाउँमा खडा गरिएको कार्यालयहरु बन्द गर्नुपर्नेमा जोड दिएका छन ।

ट्राफिकचोकबाट एमसीसी विरूद्व नाराबाजी सहित सुरु भएको जुलुस संगमपथ, राममन्दिरलाइन, अमरपथ हुँदै विपीचोक नजिकै बरपिपल चौपारीमा पुगेर कोणसभा सम्पन्न भएको थियो । कोणसभामा रक्तिम परिवारको नाँच प्रस्तुत गरिएको थियो भने सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध मोर्चाका तेजकुमारी थापाले गर्नुभएको थियो ।

You might also like
Loading...