समाजसेवी रावलद्वारा जंगली हात्तीबाट पीडित परिवारलाई आर्थिक सहयाेग

0 386

बर्दिया । समाजसेवी विनय रावलले जंगली हात्तीबाट पीडित परिवारलाई आर्थिक सहयाेग गर्नुभएको छ । सोमबार एक कार्यक्रमकाबीच रावलले उक्त आर्थिक सहयोग गर्नुभएको हो ।

बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं.२ कर्मला बस्ने सर्जु थारूलाई उक्त रकम सहयोग गर्नुभएको छ ।

जंगलि हात्ती गाँउमा आई सर्जु थारूकाे घरमा आक्रमण गरी घर भत्काई दिएकाे र अन्नवाली समेत क्षती गरेको हुँदा पिडित परिवारकाे दैनिकि जीवन कष्टकर भएकाे खबर पाउनासाथ तत्काल राहत स्वरूप रू.१०,०००/-(दश हजार) नगदै सहयाेग  उहाँले नगदै रकम प्रदान गर्नु भयाे ।

साथै बर्दिया जिल्लामा राष्ट्रिय निकुञ्ज आसपासका बस्तिहरूमा जंगलि जनावर हाथि, बाघ, बँदेल र हरिणहरूले कहिले खेतिपाति बिनास गरिदिने र कहिले मानविय क्षति समेत गरिरहेकाे हुँदा यसलाई नियन्त्रण राेकथामका लागि सम्बन्धित निकाएकाे ध्यानाकर्षण हुन जरुरी छ ।

You might also like
Loading...