कञ्चनपुरमा सवारी दुर्घटना: एक जना महिलाको घटनास्थलमै मृत्यु, अवस्था तनावग्रस्त

0 317

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।भीमदत्त नगरपालिका ५ शान्ति निकेतन चोकमा बसको ठक्करले सोमबार बिहान एक जना महिलाको घटना स्थलमा मृत्यु भएको हो।

ना ४ ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी मन्जु बुडाललाई ठक्कर दिदा उनको घटनास्थल मै मृत्यु भएको ट्राफिक प्रहरीका इन्स्पेक्टर केशव भट्टले जानकारी दिनुभएको छ ।

बजारबाट सामान किनेर सडक पार गर्न खोज्दा बसले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको छ । उक्त ठक्कर दिने बस प्रहरी नियन्त्रणमा छ,भने चालक फरार रहेको प्रहरीले जनाएको छ । यतिबेला मृतकका आफन्तले सडक जाम गरेका छन र उचित न्यायको माग राखेका छन ।

You might also like
Loading...