बर्दियामा देशभक्त जनगणतान्त्रिक मोर्चाद्वारा संगठन विस्तार: चुनाव बहिष्कार अभियान तीव्र

0 199

बर्दिया । मोहन वैद्य “किरण” नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)ले प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार आन्दोलनको निमित्त तयारी गरिरहेको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल बर्दियाले हिजो बारबर्दिया नगरपालिका अन्तर्गत वडा नंं. ९ मा व्यापक छलफल सहित बहादुर ऐरको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरेको छ ।
उक्त छ्लफलमा पार्टीका पिवीएम तथा लुम्बिनी प्रदेश सचिव सङ्कुल, केन्द्रीय सदस्य एवं बर्दिया जिल्ला इन्चार्ज कमरेड बिपीन , जिल्ला सचिव कमरेड सर्वहारा विद्रोही र जिल्ला सचिवालय सदस्य कमरेड हार्दिक लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

You might also like
Loading...