बाँकेमा ३३ अौँ जन आन्दोलन दिवस भब्य रुपमा मनाइयो

0 237

बाँके । बाँकेको खजुरा गाउँपालिकाको सिमलघारीमा जनआन्दोलन दिवसको अवसर पारेर नेकपा (क्रान्तिकारी माओवादी)ले ३३ अौँ जन आन्दोलन दिवस भब्य रुपमा मनाएको छ ।

उक्त जनआन्दोलन दिवस कथित स्थानीय तहको निर्वाचन बहिस्कार आन्दोलनको रुपमा आज मनाइएको हो ।

उक्त कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज प्रतिज्ञाको प्रमुख अतिथ्यता रहेको थियो । त्यसैगरी विशिष्ट अतिथि क्रान्तिकारी युवा लिग नेपालका केन्द्रिय महासचिव भुकम्प र अतिथिमा क्रान्तिकारी किसान महासंघका केन्द्रीय सदस्य प्रेम बहादुर थापा, मगर रास्टिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य मुक्त बहादुर थापा हुनुहुन्थ्यो ।

सो कार्यक्रमको संचालन बाँके जिल्ला सेक्रेटरी बिरेन्द्र शाहीले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता पार्टीका खजुरा गा पा अध्यक्ष शक्तिले गर्नु भएको थियोे । त्यस कार्यक्रमलाई किसानका केन्द्रिय सदस्य प्रेम बहादुर थापा र जिल्ला इन्चार्ज प्रतिज्ञाले सम्बोधन गर्नु भएको थियोे ।

You might also like
Loading...