कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा जनआन्दोलन दिवस भव्य रुपमा मनाइयो

0 284

सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेशले ३३ औं जनआन्दोलन दिवस प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा भव्य रुपमा मनाएको छ। उक्त जनआन्दोलन दिवस कथित स्थानीय तहको निर्वाचन बहिस्कार आन्दोलनको रुपमा आज मनाइएको हो ।

कार्यक्रमका प्रमुख वक्ता तथा पार्टी पोलिट्ब्युरो सदस्य एवंम् कर्णाली प्रदेश इन्चार्ज सीपी शर्माले अहिले पन्चेश्वर तथा महाकाली सम्झौताका विषयलाई सत्ताधारी तथा आकान्क्षी दलहरुले चुनावी नारा बनाएको कुरा प्रस्ट्याउदै हाल बजारमा देखिएको मुद्रा सन्कुचनको मुख्य कारण चुनावी दलहरुले चुनावको लागि गरेको जम्मा खोरी भएको बताउनु भयो ।

त्यसैगरी देशभक्त जनगणतान्त्रिक मोर्चाका कर्णाली प्रदेश संयोजक तेजविक्रम शाहीले सम्बोधनका क्रममा यो सरकार निकम्मा भैसकेको र यसको विकल्प चुनाव नभइ क्रान्तिको तयारी नै भएको कुरामा जोड दिनुभयो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु क्रान्तिकारीका वक्ता नेत्र बहादुर शाहीले नेपालको शिक्षा प्रणालीले ठूलो वर्ग भेद गरेको धनीपुजीपतीहरुले पढ्ने विद्यालय र गरिव पढ्ने विद्यालयहरु फरक फरक रहेको हुनाले वर्ग बिचको खाडल अझ बढ्दैछ भन्ने कुरामा प्रकाश पार्नु भयो । साथै क्रान्तिकारी युवा लिगका वक्ता कमरेड विकल्पले यो देशका हरेक परिवर्तनमा युवाहरुको अपरिहार्यताका बारेमा प्रस्ट पार्दै नयाँ जनवादी क्रान्तिको तयारीका चरण सिघ्राधी सिघ्र गर्नुपर्नेमा जोड्नु भयो ।No description available.

दलित मुक्तिमोर्चाका वक्ता कमरेड ललित विकले ३३औं जनान्दोलन दिवस मनाउदै गर्दा निरन्तर दलित माथी विभेद तथा यातना गरेरहेका घटना बढ्नु यो व्यवस्थाको असफलता हो र यसको विकल्प छिट्टै खोज्नुपर्ने कुरा बताउनु भयो ।बौद्धिक व्यक्तित्व नारायण न्यौपानेले आसन्न निर्वाचन गर्नुको कुनै औचित्य नरहेको सार गर्वित कविता वाचन गर्नु भयो । उक्त कर्यक्रमको सन्चालन कालिकोटका सेक्रेटरी कर्ण बहादुर बिसि ¨किरण¨ले गर्नुभएको थियो ।

You might also like
Loading...