क्रान्तिकारी माओवादीद्वारा पीबीएम र केन्द्रीय सदस्यलाई पार्टीबाट निस्कासन

0 975

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का पीबीएम नगेन्द्र राई (लाल बहादुर), केससहरु  निल बहादुर पुन (हिरा) र कुमार बोगटी (विकल्प)लाई नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टी, जबस मोर्चाको सम्पूर्ण जिम्मेवारीबाट साधारण सदस्य समेत नरहने गरी निस्कासित गरेको छ ।

पार्टीका महासचिव मोहन वैद्य किरणले आज एक प्रेस वक्तव्य जारी गरी लामो समयदेखि पार्टी हित विरुद्ध गुटबन्दी गर्दै फुटपरस्त गतिविधिहरुमा संलग्न रहँदै आएको, केन्द्रीय कार्यालयका तर्फबाट सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन नचाहेको, पार्टीले दिएका जिम्मेवारी पुरा नगरी विरोधी पार्टीहरुमा प्रवेश गर्ने उद्देश्यले मोलतोल (बार्गेनिङ्) गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको जनाएको छ ।

त्यसैगरी कुमार बोगटीको हकमा व्यक्तिगत कामका लागि पार्टीबाट ६ महिनाको घरबिदा लिएर बसेको तर उक्त अवधि समाप्त भएपछि पनि पार्टी सम्पर्कमा नआएको समेतका आधारमा पार्टीको स्थायी समितिको निर्णय अनुसार उहाँहरुलाई पार्टीको केन्द्रीय समिति, जबस लगायत अन्य जिम्मेवारीहरुबाट हटाउनुका साथै पार्टीको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कार्बाही गरी निष्काशन गरिएको जनाउनु भएको छ ।

You might also like
Loading...