समाजसेवी रावलद्वारा आर्थिक रुपले विपन्न नागरिकलाई अौषधी उपचार गर्न सहयोग

0 363

बर्दिया । समाजसेवी विनय रावलले आर्थिक रुपले विपन्न नागरिकलाई अौषधी उपचार गर्न आर्थिक सहयोग गर्नुभएको छ ।

आज एक कार्यक्रमका बीच छुट्टाछुट्टै परिवारका दुई जनालाई स्वास्थ्य उपचारका लागि ३५०००/- नगद सहयोग गर्नुभएको हो ।

ठाकुरबाबा नगरपालिका वडा नं.२ खुलपुर बस्ने सिता थारूकाे छाेरा बर्ष १७ काे अभिषेख थारू ग्यास्ट्रिक र सुगरकाे बिरामि भई नेपालगंज नर्सिङ हाेममा बेड नं.२९० मा उपचार भईरहेकाे र निजकाे आर्थिक अवस्था अत्यन्तै दयनिए र उपचार गराउन समेत नसक्ने भएकाे हुँदा निजकाे स्वास्थ्य उपचार सहजताका लागि रू.१०,०००/-(दस हजार)एक कार्यक्रमका बिच निजका परिवारलाई रावलले हस्तान्तरण गर्नुभएको छ ।

ठाकुरबाबा नगरपालिका वार्ड नं.८ शुख्खाड उतरटाेल बस्ने आशरानी थारूकाे छाेरि बर्ष २० काे सुमित्रा थारू बिगत लामाे समय देखि उपचार गराउदा गराउदै सन्चाे नभई बिस्तारामै थला परेकाे हुँदा निजकाे आर्थिक अवस्था अत्यन्तै दयनिय रहेकाले निजकाे स्वास्थ उपचार तथा दैनिकि जीवन सहजताका लागि रू.१५,०००/-(पन्ध्र हजार) एक कार्यक्रमका बिच निजका आफन्तलाई उहाँले हस्तान्तरण गर्नुभएको छ ।

You might also like
Loading...