समाजसेवी रावलद्वारा विपन्न नागरिकलाई आर्थिक सहयोग प्रदान

0 298

बर्दिया । समाजसेवी विनय रावलले आर्थिक रुपले विपन्न नागरिकलाई अौषधी उपचार गर्न आर्थिक सहयोग गर्नुभएको छ ।

आज एक कार्यक्रमका बीच गणेश मन्दिरका पुजारीलाई स्वास्थ्य उपचारका लागि १०,०००/- नगद सहयोग गर्नुभएको हो ।

ठाकुरबाबा नगरपालिका वडा नं.१ भुरिगाँउ बस्ने गणेश मन्दिरका पुजारी बिगत लामाे समय देखि मुटु, ग्यास्ट्रिक र सुगरकाे बिरामि भई उपचार गराई रहनु भएकाे थियो ।

साथै , उहाँकाे आर्थिक अवस्था अत्यन्तै कम्जाेर रहेको हुँदा स्वास्थ्य उपचार सहजताका लागि रावलले रू.१०,०००/- (दस हजार) एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको छ ।

You might also like
Loading...