मार्क्सवादको विकास क्रमका महत्वपूर्ण सर्वहारा क्रान्तिहरु

0 338

पेरिस कम्युन
माक्र्सवादको प्रभाव युरोपका प्राय: मुलुकहरुमा परिसकेको थियो । सन् १८७१ मा फ्रान्सको मजदुर आन्दोलन व्यापक र उत्कर्षतिर गएको थियो । पहिलो अन्तर्राष्ट्रियमा पकड जमाएका अराजकतावादी नेताहरु ब्लाङ्की र वाकुनीनको फ्रान्सको मजदुर आन्दोलनमा पनि यीनीहरुको संशक्त प्रभाव थियो । आन्दोलनका नेताहरुले विद्रोहको योजना बनाए । विद्रोहको लागि अवस्था परिपक्क नभइसकेको भनी सुरुमा माक्र्सवादीहरुले यस्को विरोध गरे, तर मजदुरहरु विद्रोहमा हामफाली हाले अर्थात् सडकमा उत्रिए पछि माक्र्स लगाएत सबै माक्र्सवादीहरु विद्रोहमा सहभागी भए । १८ मार्चका दिन कम्युनार्डहरुले पेरिस कब्जा गरेरै छाडे । अनि पेरिस कम्युन खडा गरे । पेरिस कम्युन धेरै समय टिक्न सकेन, किनकि प्रतिक्रियावादी सेनाले वर्ग….पहिलो राजनीतिक सत्ता पेरिस कम्युनको विघटन भयो । फ्रान्समा गृहयुद्ध भन्ने आफ्नो प्रसिद्ध कृतिमा माक्र्सले पेरिस कम्युनबारे व्यापक विवेचना गर्नु भएको छ । यस क्रममा पेरिस कम्युनको बारेमा संलेषण गर्दै कुगेलमानलाई लेखेको चिठ्ठीमा भन्नु भएको छ, ….. मैले घोषण गर्दछु कि फ्रान्समा यसपछि हुने क्रान्तिमा पहिले जस्तै बनिबनाउ नोकरशाही सैन्य यन्त्रलाई एक वर्गबाट अर्को वर्गमा सार्ने होइन की त्यसलाई खतम गर्नु पर्दछ । र या हरेक जनक्रान्तिको लागि पूर्वसर्त हो । वैज्ञानिक समाजवादको क्षेत्रमा माक्र्सले गरेको यो संलेषण सारगर्भित र माक्र्सवादी मान्यताको समृद्धिकरण हो ।

महान अक्टोवर समाजवादी क्रान्ति
ठोस परिस्थितिको ठोस विश्लेषण गरेर जीवन र जगतलाई सृजनात्मक ढङ्गले बुज्ने र त्यसलाई वैज्ञानिक प्रयोगद्धार व्यवारमा लागु गर्दा माक्र्सवादको विकास हुन्छ, किनकि माक्र्सवाद विज्ञान हो । र यो गतिशिल हुन्छ । जर्मन शास्त्रीय दर्शनशास्त्र, अङग्रेजी शास्त्रीय राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवादको सिर्जनशिल र आलोचनात्मक अध्यनको संलेषण प्रक्रियामा माक्र्सवादको जन्म भयो । सुरुको पुँजीवादको केन्द्र मुख्यत: युरुप थियो । माक्स र एंगेल्सका समयमा पुँजीवाद सुरुमा उदार, राष्ट्रिय र प्रगतिशिल चरित्रको थियो । पछि यसले एकाधिकारवादी चरित्रग्रहण गर्दै साम्राज्यवादमा पतन भयो । लेनिनले परिवर्तनको यो प्रक्रियालाई ध्यान दिदै साम्राज्यवाद भनेको युद्ध हो र समाजवादी क्रान्तिको पूर्वसन्ध्या हो भन्नु भएको छ ।

अक्टोबर समाजवादी क्रान्ति अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा विशेष महत्व राख्ने परिघटना हो । लेनिनले विश्व कम्युनिष्ट आन्दोलन र आफै पार्टी भित्रका दक्षिणपन्थी अवसरवादका विरुद्ध भिषण निर्मम् तरिकाले सैद्धान्तिक र राजनैतिक संघर्ष संचालन गर्नु भयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवश्यकतामा कार्यदिशाको निर्माण,संगठन तथा संघर्षका बीचको आपसी तालमेल गरि माक्र्सवादको वैज्ञानिक प्रयोग गर्नुभयो , यीनै अक्टोबर समाजवादी क्रान्तिको सफलताका प्रमुख आधार बने । साम्राज्यवादको कमि कमजोर भएको अलि पिछडिएको रुसी समाजमा क्रान्ति संभव छ भन्ने सिद्धान्त अक्टोवर क्रान्तिको सफलताले प्रमाणित गरेको छ । लेनिनले क्रान्तिकारी सिद्धान्तलाई दह्रोसं नपकड्ने, सत्ताको प्रश्नलाई खासै ध्यान नदिने र अर्थवाद जस्ता रुसि कम्युनिष्ट आन्दोलनका दक्षिणपन्थी अवसरवादीहरुको वैचारिक रुपमा धज्जी उडाउँदै तिनीहरुलाई परास्त गर्नु भयो र माक्र्सवादलाई स्थापित गर्नुभयो ।

पहिलो विश्व युद्ध १९१४–१९१८ ले एक्लीदै गएको जारशाहीका विरुद्ध रुसी कम्युनिष्ट पार्टीको विद्रोहको आह्वानमा–जनता विद्रोहमा सरिक भए, प्रतिकृयावादी सेनाभित्र विद्रोह भयो । विद्रोही सेनाले क्रान्तिको समर्थन लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्यो । मेन्सेभिक र बुर्जुवा उदार पूँजीपति वर्गको अस्थायी सरकारले मजदुर किसान र निम्न वर्गका जनताको पक्षमा काम नगरेकोले, मजदुर, किसान विद्रोही सेना मिलेर सोभियतहरुको समानान्तर सत्ताको निर्माण गरे यसरी रुसमा मेन्सिभेकको नेतृत्वमा अस्थायी सरकार र बोल्सेभिकको नेतृत्वमा सोभियत सत्ता गरेर द्धैध सत्ताको अवस्था बन्यो ।

अप्रिलमा लेनिनले अस्थायी सरकारको क्रानितकारी सुरक्षावादको विरोध गर्दै आमूल परिवर्तनको खाका सहि अप्रिल थेसिस ल्याउनु भयो । मेन्सेभिकहरुले अप्रिल थेसिसको विरोध गरे । शान्ति,रोटी र जर्मानको मूल नारा सहित पार्टी निर्णयको विद्रोहलाई सफल गर्ने अन्तीम तयारी गर्यो । विद्रोहको योजना चाल पाएर अगाडि नै प्रतिकृयावादी सेनाले २५ अक्टोवरमा पार्टी माथि भिषण आक्रमण गर्यो । रेडगार्ड र बोल्सेभिक सेनाहरुले त्यसको सशक्त प्रतिकार गरे र प्रतिक्रियावादी सत्ता ढल्यो । अक्टोवर २६ का दिन रुसमा कम्युनिष्ट पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवादी सत्ता स्थापना भयो । जसले सर्वहारा अधिनायकत्व लागु गर्यो । यस लगतै जर्मनी र उसका सहयोगीहरुले समाजवादी रुसमाथि भिषण आक्रमण गरे । भर्खर जन्मेको समाजवादी सत्ता बचाउन रुस र जर्मनीका बीच ब्रेस्ट–लिटम्स्क सन्धी गरेर युद्ध रोकियो । यो सन्धीमा रुसले पोलिस युक्रेन तथा वाल्टीक क्षेत्र र फिनल्याण्ड जर्मनीलाई सुम्पीनु पर्ने बाध्यता पर्यो । पार्टी भित्रको चर्को विरोधका बावजुद अमेरिका,फ्रान्स र जापानले रुस माथि सैन्य आक्रमण गरे । भिषण गृहयुद्धलाई थेग्न रुसले कठोर युद्ध अर्थतन्त्रको नीति लियो । बोल्सेभिकहरुले ३ बर्ष लामो गृहयुद्धमा जीवन मरणको लडाईलाई अपनाए । १९२० मा गृहयुद्ध सकियो । रुस वैज्ञानिक समाजवादको विकासको दिशामा अघि बढ्यो ।

लेनिनले रुसि सामाजिक जनवादी श्रमिक पार्टी (बोल्सेभिक) को निर्माण र त्यसको सांगठनिक ढाचा,जनवादी केन्द्रीयताको सांगठनिक पद्धति,अन्तर पार्टी परिचालन र दुई लाइन संघर्ष, कार्यदिशा,रणनीति र कार्यनीतिलाई माक्र्सवादी आलोकमा कम्युनिष्ट आन्दोलनमा वैज्ञानिक प्रयोग गरे । तत्कालिन दक्षिणपन्थी अवसरवादका विभिन्न धाराहरुका प्रतिनिधि पात्रहरु मार्तोभ,काउत्स्की,ट्रटस्की र मेन्सेभिकहरुका विरुद्धको निर्मम संघर्षबाट परास्त गरेर मात्र सर्वहारा वर्गको राजनीतिक सत्ताको स्थापना र विकासले गति पाएको हो ।

जनताका मित्रहरु को हुन् के गर्ने–कहाँबाट सुरु गर्ने, कार्लमाक्र्स,माक्र्सवाद र संशोधनवाद, जुझारु भौतिकवादको महत्व,साम्राज्यवादको विश्लेषण, भौतिकवाद तथा अनुभवसिद्ध आलोचना, दार्शीक नोटबुक, सर्वहारा क्रान्ति र गद्यार काउत्स्की र अप्रिल थेसिसको टिपोट,लगायतका लेनिनका अनेकौं कृति,लेख र रचनाहरु र अन्य कतिपय सन्धी र संझौताहरु अन्तर राष्ट्रिय कम्युनिष्ट आन्दोलन र रुसी समाजवादी क्रान्तिका सन्दर्भमा प्रकाशित माक्र्सवाद–लेनिनवादका महत्वपूर्ण शिक्षाहरु हुन् । यी पुँजीवाद, निम्न पुँजीवाद,प्रतिक्रियावादी शासकवर्ग,संशोधनवाद र दक्षिणपन्थी अवसरवादका विभिन्न धाराहरुका विरुद्धको संघर्षमा पैदा भएका विश्व सर्वहारा वर्गका अमूल्य सम्पदाहरु/अभिलेखहरु हुन् । यसबारे लेनिन भन्नुहुन्छ, ¨सामाजिक क्रान्तिको युगमा,माक्र्सवादको चरम क्रान्तिकारी पार्टीद्धारा मात्र र अन्य सारा पार्टिहरुको विरुद्ध निर्मम् संघर्षद्धारा मात्र सर्वहारा वर्गको एकता हासिल गर्न सकिन्छ ।¨ यसमा लेनिन अगाडि भन्नुहुन्छ,–¨ हाम्रो पार्टीको आन्तरिक जीवनको विकासको इतिहास पार्टी भित्रका अवसरवादी गुटहरु, अर्थात् अर्थवाद मेन्सेभिक, ट्राटस्कीपन्थी,वुखारिनपन्थी र राष्ट्रिय पथ भ्रष्टहरुको विरुद्ध संघर्षको इतिहास हो र ती गुटहरुको पूर्ण पराजयको इतिहास हो ।¨

लेनिनले दोस्रो अन्तर्राष्ट्रियका गद्यार नेता काउत्स्की र अन्य र देश भित्रका मेन्सेभिक पार्टी भित्र घुसेका मार्तोभ लगायत अन्य कतिपय षड्यनत्रकारीहरु संगको भिषण वैचारिक संघर्षका साथै वर्ग संघर्षका बीचबाट दर्शन,राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विकासमा महत्वपूर्ण योगदान दिनुभयो ।

लेखक:– नेकपा(क्रान्तिकारी माओवादी) पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कंडेल हुनुहुन्छ ।

You might also like
Loading...