बाँकेमा स्थानीय तहको निर्वाचन बहिष्कार अभियान: क्रान्तिकारी माओवादीद्वारा विरोध सभा
बाँके । नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिको आयोजनामा संचालन गरेको कथित स्थानीय निर्वाचन बहिष्कार अभियानद्वारा विरोध सभा सम्पन्न गरिएको छ । उक्त विरोध सभा शनिबार बाँके जिल्ला अन्तर्गत खजुराको सिमलघारीमा सम्पन्न भएको हो । सो कार्यक्रमको अध्यक्षता बाँके जिल्ला सचिव अमिटले गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पिवीएम एवं लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने प्रमुख अतिथि हुनुहुन्थ्यो । साथै , अतिथि केन्द्रीय समिति सदस्यहरु समीर केसी , बिपीन र लक्ष्मी रहनु भएको थियो । कार्यक्रममा प्रमुख वक्ता न्यौपानेले सम्बोधन गर्नु भएको थियो । साथै, अतिथि समीर केसीले पनि मन्तव्य राख्नु भएको थियो ।
पार्टी केन्द्रीय समितिको बैठकले लिएको निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा बहिष्कार अभियान सशक्त रुपमा अगाडि बढिरहेको छ । संसदवादी प्रतिक्रियावादी दलालहरुलाई निषेध गर्ने र जनादेश सहित नयाँ क्रान्तिकारी सत्ता, सरकार निर्माण गर्न कथित स्थानीय तहको निर्वाचन बहिष्कार अभियान संचालन भइरहेको छ ।