दाङमा संसदीय व्यवस्था र प्रतिक्रियावादी निर्वाचन बहिष्कार अभियान तीव्र

0 150

दाङ्ग । आज नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिको आयोजनामा निर्वाचन बहिष्कार कार्यक्रम भालुवाङमा कोण सभा गरि सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको संचालन दाङ्ग जिल्ला पार्टी सचिव परिवर्तनले गर्नु भएको थियो ।

सो कार्यक्रममा सम्बोधन पार्टीका पिवीएम एवं लुम्बिनी प्रदेशका सचिव भुपेन्द्र न्यौपानेले गर्नु भएको थियो । सम्बोधनको क्रममा नेता न्यौपानेले प्रतिक्रियावादी सत्ता र संसदीय व्यवस्थाका दलालहरुको कुरा प्रजातन्त्र र लोकतन्त्रको तर निरंकुशता लाद्ने र फासीवादी चरित्रको सशक्त प्रतिरोध गरी बहिष्कार आन्दोलनको औचित्य पुष्टि गर्ने दावी गर्नु भयो ।

जनताद्वारा बहिष्कृत , तिरस्कृत र अभिशप्त संसदीय व्यवस्था र प्रतिक्रियावादी निर्वाचनको कुनै औचित्य नभएको र वर्तमान उत्पन्न वस्तुगत संकट समाधान यथास्थितिमा हुननसक्ने भएकाले संघीय जनगणतन्त्रको स्थानपना नै एउटा विकल्प भएको उहाँले बताउनुभयो ।

You might also like
Loading...