चितवनमा अखिल (क्रान्तिकारी )द्वारा संगठन विस्तार तथा चुनाव बहिष्कार कार्यक्रम सम्पन्न

0 283

चितवन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रांतिकारीले संगठन विस्तार तथा कथित निर्वाचन बहिष्कार कार्यक्रम सम्पन्न गरेको छ ।

हिजो चितवनको भरतपुर महानगरपालिकाको विरेन्द्र बहुमुखी क्याम्पस र बालकुमारी बिबिएस क्यम्पस संगठन विस्तार तथा कथित निर्वाचन बहिष्कार कार्यक्रम सम्पन्न भएको हो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रांतिकारी सप्तगण्डकी भरतपुरको बहुमुखी क्याम्पसको मुल इकाई समितिको अध्यक्ष तथा जिल्ला सदस्य विकास रसाईलिको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

साथै, उहाँले विद्यार्थीका हकअधिकार, गुणस्तरीय शिक्षाका लागि र शैक्षिक माफियाका विरुद्ध अखिल (क्रान्तिकारी )ले मात्र बुलन्द आवाज उठाउन सक्ने बताउनुभयो । त्यसैगरी कठोर संघर्षको जटिल बाटोबाट मात्र नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुने र त्यसपश्चात मात्र वैज्ञानिक समाजवादमा मुलुक प्रवेश हुन्छ त्यसको लागि सम्पूर्ण उत्पिडित उपेक्षित वर्ग समुदायलाई क्रान्तिमा लामबद्ध हुन र कथित स्थानीय निर्वाचनको बहिष्कार गर्न अनुरोध गर्नु भएको थियो ।

You might also like
Loading...