क्रान्तिकारी माओवादी चुनाव बहिष्कार अभियान तीव्र पार्दै: नारा,जुलुस, र्यालीसहित सभा संचालन

0 592

दाङ। आज नेकपा (क्रान्तिकारी माओवादी) ले लुम्बिनी प्रदेश अन्तर्गत दाङ्ग जिल्लाको विभिन्न क्षेत्रहरुमा कोण सभा सम्पन्न गरेको छ ।

घोराहीमा प्रहरी दमनका बाबजुद सम्पन्न कोण सभामा नेकपा (क्रान्तिकारी माओवादी) का पिवीएम एवं लुम्बिनी प्रदेशका सचिव भुपेन्द्र न्यौपानेले सम्बोधन गर्नु भएको थियो । उहाँले सम्बोधनको क्रममा पुरानो राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र स्थापनाको लागि सशस्त्र जनविद्रोह अनिवार्य भएको ठाेकुवा गर्नु भयो ।

साथै, न्यौपानेले आजको युगमा जनताको सचेत विद्रोह र राष्ट्रिय युद्ध प्रक्रियाद्वारा पुरानो माथि हस्तक्षेप तथा निषेध नगरी नयाँ सामाजिक सत्ता र व्यवस्थाको कल्पना सम्म गर्न नसकिने बताउनुभयो ।

साथै , घोराही सिमलतारा चोकमा कोण सभा सम्पन्न भयो । संचालन दाङ्ग जिल्ला पार्टी सदस्य मनोज थापाले गर्नु भयो भने केन्द्रीय सदस्य विपीन रोकायले सम्बोधन गर्नु भएको थियो ।

घोराही रामपुर चोकमा कोण सभा सम्पन्न भयो । उक्त कार्यक्रमको संचालन प्रदेश सदस्य तिलकले गर्नु भयो र कार्यक्रममा सम्बोधन पार्टी केन्द्रीय समिति सदस्य प्रतिज्ञाले सम्बोधन गर्नु भएको थियो ।

घोराहीकै नारायणपुर चोकमा कोण सभा भयो ।उक्त कार्यक्रमको संचालन दाङ्ग जिल्ला सदस्य मनोज थापाले गर्नु भयो भने कार्यक्रममा देजमो ,नेपालका केन्द्रीय सदस्य यमबहादुर शाहले सम्बोधन गर्नु भएको थियो ।

घोराहीको खैरामा कोण सभा सम्पन्न भयो ।सो कार्यक्रमको संचालन मनोज थापाले गर्नु भयो भने लुम्बिनी प्रदेश सदस्य तिलकले सम्बोधन गर्नु भएको थियो ।

त्यसैगरी तुलसीपुरको मानपुर गाउँमा कोणसभा सम्पन्न भएको छ । उक्त कार्यक्रमको संचालन तिलकले गर्नु भएको थियो । सो कार्यक्रममा थारु राष्ट्रिय मुक्ति मोर्चाका महासचिव रामजी थारूले सम्बोधन गर्नु भएको थियो ।

You might also like
Loading...