क्रान्तिकारी माओवादीले स्थानीय निर्वाचन बहिष्कार अभियान सशक्त बनायो
दाङ । नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेशले स्थानीय निर्वाचन बहिस्कार अभियानलाई जिल्ला स्तरमा तीव्र रुपमा संचालन गरेको छ ।
त्यस कार्यक्रम अन्तरगत-क्रान्तिकारी माओवादीले दाङ जिल्लामा पनि निर्वाचन बहिस्कार अभियानलाई सशक्त रुपमा अगाडि बढाएको छ ।
बहिष्कारको अभियान अगाडि बढाउने क्रममा बिहीबार लुम्बिनी प्रदेशमा पर्ने तुलसीपुरको विजौरी बजार र सक्राम चोकमा कोणसभा सम्पन्न गरिएको छ ।
उक्त कोण सभामा नेकपा (क्रान्तिकारी माओवादी) का पाेलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने सम्बोधन गर्नु भएको थियो ।
सम्बोधनको क्रममा नेता न्यौपानेले आजको समाज र सामाजिक चेतनाले पुरानोको निरन्तरता होइन अब नयाँको विकल्प खोजेको कुरा स्पष्ट भैसकेको हुँदा संघीय जनगणतन्त्र स्थापना नै आजको सही विकल्प हो भन्ने कुरा ठाेकुवा समेत गर्नु भयो । साथै ,उक्त कार्यक्रमको संचालन क्रान्तिकारी युवा लिग नेपालका महासचिव दिलबहादुर कठायतले गर्नु भएको थियो ।
त्यसैगरी तुलसीपुरको सक्राममा कोण सभा सम्पन्न भएको छ । प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार आन्दोलनको अभियान तीब्र रुपमा अगाडि बढिरहेको छ । उक्त कार्यक्रमको संचालन दाङ्ग जिल्ला सदस्य मनोज थापाले गर्नु भएको थियो । उक्त चुनाव बहिष्कार कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बिपीनले सम्बोधन गर्नु भएको थियो ।