भरतपुरमा क्रान्तिकारी माओवादीका नौं नेता पक्राउः अविलम्ब रिहा गर्न जोडदार माग

0 392

चितवन । भरतपुरमा मोहन वैद्य ¨किरण¨ नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)को कार्यक्रमबाट नौं नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नारायणगढमा भएको प्रदर्शनबाट उनीहरुलाई पुलचोकबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेकपा(क्रान्तिकारी माओवादी)का नेताहरु अटल, विकास, केन्द्रीय सल्लाहकार दिवाकर न्यौपाने, अमृत चापागाइँ, हकिृष्ण खनाल, मधु बजगाई, प्रेम कँडेल र मिलन श्रेत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएका नेता तथा कार्यकर्ताहरुले स्थानीय निर्वाचन विरोधी गतिविधि गरेकाले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मई दिवसका दिन आज नेकपा (क्रान्तिकारी माओवादी)व्दारा चितवनमा आयोजित शान्तिपूर्ण जुलुसमाथि प्रहरी हस्तक्षेप गरी प्रदर्शनकारीले प्रयोग गरेका झण्डा तथा ब्यानर खोस्नुका साथै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अन्धाधुन्ध गिरफ्तार गरेको उक्त पार्टीका महासचिव किरणले प्रेस वक्तव्य प्रकाशित गरेर जनाएका छन ।

उक्त प्रेस वक्तव्यमा भनिएको छ,¨देउवा सरकारको यस्तो कार्यले सरकारको श्रमिक वर्गविरोधी हरकतलाई उदाङ्गो पारेको छ । यो सरकारको फासीवादी कदम हो ।¨ साथै, नेकपा (क्रान्तिकारी माओवादी)ले यस प्रकारको फासीवादी कदमको घोर विरोध तथा तीव्र भत्र्सना र गिरफ्तार नेता तथा कार्यकर्ताहरुलाई विनासर्त एवम् अविलम्ब रिहा गर्न जोडदार माग गरेको छ ।

You might also like
Loading...