दाङमा बञ्जाडेको स्मृति सभा सम्पन्न

0 236

दाङ । नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) दाङका सचिव नरेन्द्र बञ्जाडेको जीवन संगिनी तथा पार्टीको सदस्य गिता बञ्जाडेको स्मृति सभा हालै घोराही उपमहानगरपालिका वडा नम्बर ३ गोग्ली प्रगति नगरमा सम्पन्न भएको छ ।

नेकपा ( क्रान्तिकारी माओवादी) दाङका सेक्रेटरी नरेन्द्र बञ्जाडेको अध्यक्षता भएको उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी ) पोलिट ब्युरो सदस्य के बि गुरुङले प्रमुख अतिथिको आसनबाट बोल्दै मानव जीवनको जन्म र मृत्यु शाश्वत सत्य भएकोले आपन्तको गुमेको पीडा हुनु स्वाभाविकै भएको तर सधैं शोकमा डुबेर अगाडि बढन नसकिने भएकोले पीडा “भुल र अगाडि” बढ को सिद्धान्त मा अगाडि बढनुपर्ने,जन्मिए पछि मृत्यु अनिवार्य नै हो यो बिज्ञान को नियम भएकोले मान्छे मृत्यपछि पनि अमर हुनेकाम गरेर प्राण त्याग्नु सक्नुपर्छ भन्दै मृतक गिता बञ्जाडेले आफ्नो जिबनकालमा अनेकौं बर्गसंघर्षमा आफ्नो जिवनसाथी नरेन्द्र लाई साथ सहयोग गरेर अन्याय ,अत्याचार ,शोषण , विभेद ,राजनीतिक आर्थिक ,सामाजिक ,सांस्कृतिक लगाएतका समस्याहरुसङ्ग लडने बलियो खम्बा हुनुहुन्थ्यो भन्ने कुराराख्दै मृतक गिता प्रति भाबपुर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्नु भएको थियो ।

अर्का बक्ता नेकपा (क्रान्तिकारी माओबादी ) पार्टीको केन्द्रीय सदस्य तथा कपिलवस्तु इञ्चार्ज धनेश्वर पोख्रेलले समाज बिकाश का साथसाथै धर्म सस्कृती रुपान्तरण गर्दै अगाडि बढनुपर्ने कुरा राख्नु भयो । कार्यक्रममा नेकपा ( क्रान्तिकारी माओबादी) केन्द्रीय सदस्य तथा अखिल नेपाल जनसांस्कृतक महासंघका महासचिव हिरामणी दु:खीले कमरेड गिता बञ्जाडे एक कुसल गृहणी मात्र नभएर उहाँ सक्षम असल इमानदार क्रान्तिकारी मानव हुनुहुन्थ्यो भन्नुभयो ।

राष्ट्रिय जनमोर्चा राष्ट्रिय सम्वनय समितिका सदस्य शशिधर भण्डारीले मृतक गिता को ब्यक्तित्व प्रति चर्चा गर्दै उहाले सधैं फरकफरक पार्टीमा किन बस्ने , आउनुस मिलेर सङ्गै जाउ भनेको कुरा आफुले कहिल्यै नभुल्ने कुरा राख्नु भएको थियो ।
उक्त कार्यक्रम मै गिता स्मृति सभा हल निर्माणकार्य का लागि जग्गा उपलब्ध गराउने घोषणा गर्दै सभाध्यक्ष नरेन्द्र बञ्जाडेले गिताको जिबनी तथा उहाँसङ्ग बिताएका पलहरु स्मरण गर्दै अर्को बर्ष २०८० /०१/२५ गते उक्त गिता स्मृति सभा हल उदघाटन गरिने कुरा राख्नु भएको थियो ।

कार्यक्रममा नेकपा दाङ का प्रतिनिधि बिकास वली , मा बि डाडागाउ गोग्लीका पुर्ब प्रचार्य सतिस कुमार आचार्य , परिवारका जेष्ठ सदस्य लाल चन्द्र बञ्जाडे लगायतका वक्ताहरुले आआफ्नो बिचार राखेका थिय ।

कार्यक्रममा जन पत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वली नेकपा माओबादी केन्द्र का सुमन रोका ,वसन्त अधिकारी , देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य याम बहादुर शाह , पार्टी मोर्चाका सदस्यहरु तथा छिमेकीहरु लगायत परिवारका सदस्यहरुको ठुलो सङ्ख्यामा उपस्थिति थियो ।
सोही कार्यक्रममा ” गिता स्मृति सभा हल ” सिलन्यास नेकपा (क्रान्तिकारी माओबादी ) पोलिटब्युरो सदस्य ले सिलन्यास गर्नु भएको थियो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम को सञ्चालन पार्टीका सचिवालय सदस्य तिलक बिक ले गर्नु भएको थियो ।

You might also like
Loading...