चुनाव बहिष्कार: देशभर मसाल जुलुस,दर्जनौं पक्राउ

0 207

वैशाख ३० गते हुने स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा काठमाण्डौंको असन चोकमा आयोजित मशाल जुलुस कार्यक्रममा देउवा नेतृत्वको गठबन्धन सरकारले हस्तक्षेप गरी पार्टीका दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई बलजफ्ती गिरफ्तार गरेको घटनाको विरोधमा वक्तव्य जारी गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले गिरफ्तार पीविएम कमरेड दिनेश शर्मा, सीसीएम कमरेडहरु शारदा महत, वसन्त वोगटी, हरिकृष्ण गजुरेल, खगेन्द्र छन्त्याल, राम नेपाली सहित ढोग प्रसाद उपाध्याय, सुरेश तामाङ्, सुनिता बुढाथोकी, शेखर आचार्य, ज्ञानेन्द्र प्रजापति, अजय बज्राचार्य, टीका परेल, राजुलामा, अब्दुल सलाम, रामभक्त आचार्य लगायत सबैलाई अविलम्ब रिहाइ गर्न जोडदार माग गर्नुभएको छ ।

वक्तव्यमा ललितपुरको महालक्ष्मी स्थान नजिकबाट कमरेड श्याम केसीलाई पनि गिरफ्तार गरिएको उल्लेख गर्दै निर्वाचन बहिष्कारका लागि प्रचार प्रसार गर्न पाउने नागरिकहरुको अधिकारमाथि प्रहरी हस्तक्षेप गर्ने, राजबन्दीहरुलाई हतकडी लगाउने र शारीरिक तथा मानसिक यातना दिने सरकारको फासीवादी रवैयाको हाम्रो पार्टी घोर विरोध तथा तीव्र भत्र्सना गरिएको छ । र, गिरफ्तार गरिनुभएका सम्पूर्ण राजबन्दीहरुलाई अविलम्ब र विना शर्त रिहा गर्न सरकार समक्ष जोडदार माग गरिएको छ ।

वक्तव्यमा देउवा सरकारको यस प्रकारको लोकतन्त्र विरोधी रवैयाको विरोधमा सशक्त आवाज उठाउन पार्टी सच्चा कम्युनिस्ट, वामपन्थी र प्रगतिशील पार्टी, सङ्गठन तथा व्यक्तित्वहरुमा हार्दिक अपिल समेत गर्नुभएको छ ।

You might also like
Loading...