बर्दियामा क्रान्तिकारी माओवादीका नेता भण्डारी पक्राउः विना शर्त रिहा गर्न माग

0 642

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय नीति अनुरुप शान्तिपूर्ण ढंगले कथित स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने कार्यक्रमको प्रचारप्रसारको क्रममा आज दिउँसो ३ः३० बजे बाँसगढी स्थित माछागढबाट पार्टीका लुम्बिनी प्रदेश सदस्य तथा बर्दिया जिल्ला समितिका सचिव विक्रम भण्डारीलाई देउवा नेतृत्वको गठवन्धन सरकारले गिरफ्तार गरी नियन्त्रणमा राखेको छ ।

पार्टीका पीविएम तथा लुम्बिनी प्रदेशका सचिव संकुलद्धारा जारी प्रेस वक्तव्यमा सरकारको निरंकुशतावादी र फासीवादी हरकतप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । साथै, सो पार्टीले सरकारको उक्त कदमको घोर विरोध तथा तीव्र भत्र्सना गरेको छ ।

कुनै पनि राष्ट्रघाती तथा जनविरोधी प्रक्रियाहरुको शान्तिपूर्ण ढंगले विरोध र बहिष्कार गर्न पाउनु नागरिकहरुको नैसर्गिक अधिकार भएकाले गिरफ्तार गरिएका विक्रम भण्डारीलाई अविलम्ब तथा विना शर्त रिहा गर्न सरकारसित उक्त्त पार्टीले जोडदार माग गरेको छ ।

You might also like
Loading...