महिला लघुवित्तको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

0 558

कञ्चनपुर । महिला लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय महेन्द्रनगरले केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त विहीबार सम्पन्न कार्यक्रमले विभिन्न वित्तीय सम्बिन्धी ज्ञान प्रवाह गराएको थियो ।

लघुवित्त वित्तीय संस्थाले महिला सशक्तिकरण तथा गरीवी निवारणमा सहयोग गर्ने, विना धितो कर्जा लागानी गरी स्वरोजगार तथा उद्यमी बन्न प्रोत्साहन गर्ने, बचत गर्ने बानीको विकास गर्ने आदि कार्यमा टेवा पुर्याएको कुरा उक्त कार्यक्रमका प्रमुख अतिथि तथा भिमदत्त नगरपालिकाको उप–मेयर निलम लेखक जोशीले बताउनु भयो ।

त्यसै गरि कार्यक्रममा उपस्थित केन्द्र प्रमुखहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा सुविधा, कर्जा सदुपयोगिताको महत्व, सदस्यता दोहोरोपनाले पार्ने असर तथा लघुवित्त वित्तीय संस्थाहरुले समाजमा पारेको सकारात्मक तथा नकारात्मक असरहरु, कृषिमा वित्तीय संस्थाको लक्ष्य, बचतको महत्व आदीबारे वित्तीय संस्थाका सुदुर पश्चिम प्रदेश प्रमुख र आजका कार्यक्रमका विशिष्ट अतिथि नारद न्यौपानेले स्पष्ट पारेका थिए ।

साथै, केन्द्र प्रमुखका काम कर्तब्य तथा अधिकार, केन्द्रको दायित्व, सामुहिक जिम्मेवारी जस्ता विषयमा सोहि वित्तीय संस्थाका धनगढी शाखाका प्रमुख एवं आजको कार्यक्रमका अतिथि प्रकाश चन्दले जानकारी गराएका थिए ।

वित्तीय संस्थाले कृषि पशुपालन, व्यापार तथा व्यवशायीक क्षेत्रमा लगानी गरि महिला सदस्यहरुलाई उद्यमी बनाएको र अझ थप उद्यमी सिर्जना गरि युवा शक्ति विदेश जानबाट रोक्न अहम भुमिका खेलेको कार्यक्रममा सहभागी उक्त संस्थाका सदस्यहरुले प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा उत्कृष्ठ  बचत कर्ता,प्रमुख,उप–प्रमुख,अनुशासित सदस्यका साथै उत्कृष्ठ केन्द्रहरुलाई प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना गरि चारवटा केन्द्रहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा शाखा कार्यालय महेन्द्रनगरका सम्पूर्ण कर्मचारी र सबै केन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो । हालसम्म संस्थाले १ हजार ४ सय २४ जना सदस्य समुहमा आवद्ध गराएको छ । शाखामा आवद्ध भएका सदस्यहरुले २ करोड साठी लाख बचत संकलन गरेको तथा शाखाको तर्फबाट ६ करोड ९० लाख लगानी रहेको संस्थाले जनाएको छ ।

You might also like
Loading...