बामबहादुर विश्वकर्माप्रति क्रान्तिकारी माओवादीद्धारा श्रद्धाञ्जली अर्पण

0 336

दाङ्ग । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिले बामबहादुर विश्वकर्माप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । विश्वकर्माको २०७९ असार २६ गते दिउँसो २ बजे दाङ्ग जिल्ला घोराही उपमहानगरपालिका–३ स्थित गोग्ली आफ्नै निवासमा २२ वर्षको उमेरमै दुःखद निधन भएको हो ।

उहाँ पार्टीका लुम्बिनी प्रदेश समिति सदस्य तिलक विश्वकर्माका माइला पुत्र हुन् । त्यसैगरी उहाँको मृत्युुले पार्टीलाई अत्यन्तै दुःखित बनाएको कुरा पार्टीका लुम्बिनी प्रदेश समिति सचिव सङ्कुलद्धार जारी शोक वक्तव्यमा उल्लेख गरिएको छ। साथै उक्त वक्तव्यमा भनिएको छ–¨यस दुःखद घडीमा पार्टी मृत बामबहादुरप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमग्न कमरेड तिलक विश्वकर्मालगायत सम्पूर्ण शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।¨

You might also like
Loading...