नेपालमा श्रीलंकाको जस्तै अब जनआन्दोलनको आँधीवेहेरी उठ्छ : सिपी गजुरेल

0 253
maobadi

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी कमिटि सदस्य सिपि गजुरेल (गौरव)ले नेपालमा श्रीलंकामा जस्तै अब जनआन्दोलनको आँधीवेहेरी उठ्ने बताउनु भएकाे छ।

जनविरोधी हर्कत गर्ने शासकहरु धेरै दिन टिक्न नसक्ने भन्दै गजुरेलले श्रीलंकाली जनताले जनआन्दोलनको बलबाटै त्यहाँको राष्ट्रपति देशै छोडेर भाग्नुपर्ने अवस्थासम्म पुरयाएको बताउनु भयाे ।
अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पस इकाई समितिले सोमबार आयोजना गरेको ′पाटन फुटसल प्रतियोगिता’को पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै नेता गजुरेलले नेपालमा पनि श्रीलंकाकै जस्तो दिन नआउँला भन्न नसकिने बताउनु भयाे ।
′श्रीलंकाको जनताले राष्ट्रपति भवन गए, प्रधानमन्त्री भवन पुगे र ति कार्यालयहरु कब्जा जमाए । अन्ततः जनताको अगाडी कसैको केही लाग्दैन भन्ने उदाहरण त्यहाँ हालै देखियो । राष्ट्रपति कार्यालय नैं छोडेर भागे,’ गजुरेलले भन्नुभयाे, ′नेपालमा पनि त्यो स्थिती नआउँला भन्न सकिदैन । एउटा गोली पनि नचलाई कसरी राष्ट्रपति कार्यालय जनताले कब्जा गरेर देखाए । जनताले चाहे जे पनि गर्न सक्छन् भन्ने उदाहरण श्रीलंकामा देखा परेको छ । नेपालमा पनि यही परिस्थिती निर्माण हुन सक्छ । त्यो दिन धेरै टाढा छैन ।’

नेपालका शासकहरु देशप्रति इमान्दार नभएको र विदेशीहरुको इशारामा चल्न थालेकोले छिटटै राष्टवादी नेपालीहरुले विदेशीका सामु आत्मसमर्पण गर्ने शासकहरुलाई श्रीलंकाकै राष्टपतिको वाटोमा पुरयाईदिने उहाँकाे दावी थियो ।

उहाँले एमसीसीको विरोधमा अखिल क्रान्तिकारीले सडकको मोर्चामा देखाएको संर्घषको पनि मुक्त कन्ठाले प्रशंसा गरे । क्रान्तिकारी विधार्थीहरुले नै एमसीसी विरोधी मोर्चा र आन्दोलनको नेतृत्व गरेको गजुरेलेको भनाई थियो । उहाँले शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्ने माग अखिल क्रान्तिकारीको रहेको भन्दै त्यसका लागि पनि संर्घष केन्द्रीत गर्न क्रान्तिकारी विधार्थीहरुलाई निर्देशन दिनु भयाे ।

कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा.जगदिशचन्द्र भण्डारी, अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने लगायतले पनि सम्बाेधन गर्नुभएकाे थियाे ।

You might also like
Loading...