निमादेवी वनजाडेप्रति क्रान्तिकारी माओवादीद्धारा श्रद्धाञ्जली अर्पण

0 243

दाङ्ग । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिले निमादेवी वनजाडेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । वनजाडेको दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–३ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा ८९ वर्षको उमेरमा भाद्र ४ गते दिउँसो २ः४० बजे दुःखद निधन भएको हो ।

उहाँ पार्टीका लुम्बिनी प्रदेश समिति सदस्य नरेन्द्र वनजाडेको आमा हुनु हुन्थ्यो । त्यसैगरी उहाँको मृत्युले पार्टीलाई अत्यन्तै दुःखित बनाएको कुरा पार्टीका लुम्बिनी प्रदेश समिति सचिव सङ्कुलद्धार जारी शोक वक्तव्यमा उल्लेख गरिएको छ। साथै उक्त वक्तव्यमा भनिएको छ–¨यस दुःखद घडीमा पार्टी मृत ममतामयी आमा निमादेवीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमग्न कमरेड नरेन्द्र वनजाडे लगायत सम्पूर्ण शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।¨

You might also like
Loading...