संसदीय निर्वाचन बहिष्कार: प्यूठान र रोल्पामा कोणसभा

0 528

बर्दिया । नेकपा(क्रान्तिकारी माओवादी) ले मंसिर ४ गतेको आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनलाई सक्रिय बहिष्कार गर्ने भएको छ ।

सोही कार्यक्रमलाई निरन्तरता दिदै नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिले संचालन गरेको कथित स्थानीय निर्वाचन बहिष्कार अभियानले प्यूठान र रोल्पा जिल्लाका विभिन्न ठाँउमा कोण सभा कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरी प्यूठान जिल्ला अन्तर्गत माण्डपी गाउँपालिका -१ चकचके बजार,भिंग्री बजार,जलुके बजार ,खलंगा,झिमरुक गाउँपालिकाको ढाँड बजार , झिमरुक मच्ची र रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका खुग्री बजारमा उक्त बहिष्कार कोणसभा भएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधनको क्रममा पार्टीका पिविएम तथा लुम्बिनी प्रदेश समितिका सचिव भुपेन्द्र न्यौपानेले हाम्रो अभियानले जनताको आलोचनात्मक चेतना तथा विद्रोहको स्थितिलाई संगठित गरी विद्यमान संकटको समाधान र पुरानो सत्ता र व्यवस्थाको विकल्पको रुपमा संघीय जनगणतन्त्रको स्थापनाको आधार तयार पार्ने तथा मुलुकलाई सही निकास तर्फ लैजाने अभियानको मूल अभिप्राय रहेको चर्चा सहित अभियानको लक्ष्य र उद्देश्यहरुको विषयमा सारगर्भित विचार प्रकट गर्नु भयो ।

साथै,उहाँले असफल पुरानो सत्ता र संसदीय व्यवस्थालाई ध्वंस गरी संघीय जनगणतन्त्र स्थापना गर्नु नै आजको सही र वैज्ञानिक विकल्प रहेको पनि ठाेकुवा गर्दै आसन्न मंसिर चार गते हुने भनिएको कथित संसदीय निर्वाचन बहिष्कार गर्न सम्पूर्ण देशभक्त, क्रान्तिकारी, सच्चा कम्युनिस्ट तथा आम सचेत नागरिकहरुमा विशेष अपिल समेत गर्नु भएको थियो ।

उक्त कोणसभालाई सम्बोधन गर्ने क्रममा पार्टीका केन्द्रीय सदस्य विपिन रोकायले संसदीय निर्वाचनको औचित्य नभएको बताउनु भयो ।

अर्को कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य लक्ष्मी चौलागाईंले यो संसदीय ब्यवस्था उत्पिडित वर्गको नभई शोषकहरुको भएको बताउनुभयो । साथै, उहाँले भष्ट्रचारी,कमिशनखोरी, राष्ट्रघाती,जनघातीहरुलाई भोट  नदिन अपिल गर्नु भयो ।

उक्त विभिन्न ठाउँमा सम्पन्न भएका कोणसभालाई भुपेन्द्र न्यौपाने, विपिन रोकाय र लक्ष्मी चौलागाईंले सम्बोधन गर्नुभएको थियो भने मनोज थापा र कृष्ण रानाले सो कार्यक्रमको संचालन गर्नुभएको थियो ।

You might also like
Loading...