क्रान्तिकारी माअोवादीको चुनाव बहिष्कार कार्यक्रममाथि प्रहरी दमन

0 208

आसन्न मङ्सिर ४ गते हुन गैरहेको संघिय तथा प्रादेशिक चुनावलाई सशक्त तथा सक्रिय बहिस्कार गर्ने र त्यसका लागि बहिष्कार आन्दोलन संचालन गर्ने नेकपा (क्रान्तिकारी माअोवादी) केन्द्रीय समितिको निर्णको कार्यान्वयनका लागि विभिन्न प्रदेशहरुले आआफ्ना प्रदेश र जिल्लाहरुमा निर्वाचन बहिष्कार कार्यक्रम शुरु गरेका छन् ।

कार्यक्रमअनुसार बहिष्कार र्याली, कोणसभा आदि भइरहेका समाचार आएका छन् । धेरै कार्यक्रमहरु शान्तिपूर्ण रुपले अगाडि बढीरहेको समयमा केही जिल्ला सदरमुकामहरुमा भएका कोणसभाहरुमाथि प्रहरी हस्तक्षेपगरी व्यानर खोस्ने माइकेफोन तोडफोड गर्नेजस्ता लोकतन्त्रविरुद्धका कार्यहरु देउवा सरकारको प्रशासनले गरेको जानकारी प्राप्त भएको छ । खासगरी अर्घाखांचीको सन्धीखर्क, गुल्मीको तम्घास र सुर्खेतको विरेन्द्रनगरमा भएका कोणसभाहरुमाथि यस्ता हस्तक्षेप गरिएको छ ।

सुर्खेतको बिरेन्द्र चोकमा गरिएको सभालाई सम्बोधन गर्दैगर्दा पार्टीका प्रर्देश सचीव प्रकाश उर्जा, तुफान, जेवी र आगोलाई गिरफ्तार गरि केही समय जिल्ला प्रहरी कार्यालयमा राखी पछि साँझ ५ बजेतिर छाडिएको छ भने अर्घाखांचीको सन्धीखर्क र गुल्मीको तम्घासमा पनि त्यहाँको प्रशासनबाट हस्तक्षेप गर्ने काम गरिएको जानकारी प्राप्त भएको छ ।

You might also like
Loading...