बुटवलमा नारा-जुलुससहित चुनाव बहिष्कार /अवज्ञा सभा सम्पन्न
रुपन्देही । नेकपा (क्रान्तिकारी माओवादी) सहित चार दलको संयुक्त आयोजनामा चुनाव बहिष्कार /अवज्ञा सभा सम्पन्न भएको छ । कार्तिक ०४ गते लुम्बिनी प्रदेशको बुटवल बसपार्कबाट जुलुस सुरु भइ विपी चोकमा विरोध एवं बहिष्कार सभा सम्पन्न भएको हो ।
त्यस बहिष्कार / अवज्ञा सभामा सम्बोधन गर्ने क्रममा वक्ताहरुले संसदीय व्यवस्थाका विरुद्धमा जनतालाई सडकमा आउन आह्वान गरेका थिए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल ´गौरव`ले दलाल संसदीय व्यवस्थाको अवसान सुरु भैसकेको बताउनुभयो ।साथै,दलालहरुलाई भोट दिएर राष्ट्रघात जनघातमा समाबेश नहुन जनतालाई आब्हान गर्नुभयो । त्यसैगरी उहाँले भन्नुभयो-” दलालहरुलाई भोट दिएर देशबेचुवाहरुको मतियार बन्नु हुदैन र भोट दिन गएर दलालहरुको देशबेच्ने लाईसेन्स नवीकरण नगरौ ।”
कार्यक्रममा सम्बोधन गर्दै नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले यो व्यवस्थामा हुने चुनावले भ्रस्टचारी, कालाबजारी, शिक्षाका माफिया, राष्ट्रघाती, जनघाती र विदेशी दलालहरुलाई जिताउने भएकाले यस चुनावलाई सबै जनतालाई अवज्ञा गर्न अपील गर्नुभयो ।उक्त कार्यक्रम प्रमुख अतिथ्यता नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल ´गौरव` को रहेको थियो । अतिथ्यता नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला, नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपाली, माओवादी कम्युनिस्ट पार्टी नेपाल का महासचिव रामनारायण पाल, नेकपा (क्रान्तिकारी माओवादी) का पाेलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने, पाेलिट ब्युरो सदस्य धनेश्वर पोख्रेल, नेकपा (बहुमत) का कार्यालय सदस्य दीपक चलाउने लगायतको रहेको थियो ।