चुनाव बहिष्कार आन्दोलन तीव्र: प्रहरी दमनकाबीच कोणसभा,पर्चा वितरण र पाेस्टर टास्दैं

0 390

दाङ । कार्तिक २० गते आइतबारका दिन नेकपा(क्रान्तिकारी माओवादी) ले दाङ्ग जिल्लाको घोराही १ राम्पुरमा प्रहरीसितको झडपका बाबजुद विरोध तथा कोणसभा सम्पन्न गरेको छ । साथै, राम्पुरबाट सुरु गरिएको अभियान जिल्लाका विभिन्न स्थानहरूमा कोणसभा,पर्चा वितरण र पाेस्टर टास्दैं तिव्र गतिमा अगाडि बढिरहेको छ ।

अभियानको क्रममा दाङ्ग जिल्लाको घोराही बालमन्दिर चोकमा कोणसभा सम्पन्न भएको छ । उक्त कोणसभामा सम्बोधन नेकपा(क्रान्तिकारी माओवादी) का पाेलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले गर्नु भएको थियो ।

सम्बोधनको क्रममा सचिव न्यौपानेले कथित संसदीय निर्वाचन बहिष्कार सम्बन्धी आफ्नो पार्टीले लिएको नीति सही र वैज्ञानिक भएको जिकिर गर्नु भयो । समसामयिक परिस्थिति चर्चा गर्दै राष्ट्रिय आवश्यकता र विद्यमान संकटको समाधानको विषय संसदीय निर्वाचन हुन नसक्ने ठाेकुवा गर्नु भयो।

उहाँले उक्त कोणसभामा बोल्दै नेपालमा संघीय जनगणत्तन्त्र ल्याउने पुष्टि गर्नु भयो । उहाँले देशभरि नै बहिष्कार कार्यक्रम संचाल गर्दै आयको पनि उल्लेख गर्नुभयो । कार्यक्रम विभिन्न केन्द्रीय नेता तथा कार्यकर्ताहरुका साथै जनसमुदायको उपस्थितिमा सानदार रुपमा सम्पन्न गर्दै आएको कुरा उहाँले बताउनु भयो ।

उक्त कार्यक्रमको संचालन विद्यार्थी नेता मनोज थापाले गर्नु भएको थियो । जिल्लाका अन्य ठाउँहरुमा पनि कोणसभाहरु जस्तै घोराही १ सिमलतारा ,घोराही ४ गोग्लि घोराही १६ सरा घोराही १४ बालमन्दिर , घोराही २ रामपुर र घोराही १० नारायणपुर कोणसभा सम्पन्न भएका छ्न ।

कार्यक्रममा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज समीर केसी र जिल्ला सदस्य मनबहादुर ओली लगायतका नेताहरूले सम्बोधन गर्नु भएको थियो ।

You might also like
Loading...