बर्दियाका विभिन्न ठाउँमा शक्तिशाली बम बिस्फोट: मतदान प्रभावित

0 1,256

बर्दिया : लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाका विभिन्न मतदान केन्द्र लक्षित गरी बम बिस्फोट भएको छ ।

संसदीय निर्वाचन बहिष्कार गर्ने दल तथा समुहहरुले बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ । बर्दियाको गुलरिया,राजापुर,भुरिगाउँ,मैनापोखर लगायतका ७ वटा स्थानमा बम बिस्फोट भएको जनाइएको छ ।

बर्दियाको क्षेत्र नम्बर १ स्थित गुलरिया २ को नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा बम विस्फोट भएको कुरा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ताले जनपथ खबरलाई फोन संवाद मार्फत बताएका हुन ।

जिल्लामा नेकपा( क्रान्तिकारी माओवादी ); नेकपा( मशाल) र नेकपा( बहुमत)ले संसदीय निर्वाचन बहिष्कार / अबज्ञा गर्दै आएका छन ।बिस्फोट पछि स्थानीय बासिन्दामा त्रास फैलिएको बताइएको छ ।

You might also like
Loading...