निर्वाचनमा  बम बिस्फोट ,गोली चल्यो ,विवाद, तनाव, कतै रोकियो मतदान: जनतामा उत्साह देखिएन

0 269

बर्दिया । संसदवादी पार्टीहरुले मंसिर ४ (आज) मा औचित्यहीन चुनावी प्रहसन गरेका छन् । देशमा चरम आर्थिक संकट पैदा भएको बेला एक खर्बभन्दा बढी आर्थिक भार देशमाथि थोपरेर गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावीको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका हिसाबले औचित्यहिन देखिएको छ ।

साम, दाम, दण्ड, भेद, छलछाम, षड्यन्त्र गरी मूतलतः भ्रष्ट र दलाल, तस्कर र माफिया तत्वहरुले जित्ने यो चुनावबाट जनताको जनादेश र अभिमतको खास प्रतिनिधित्व हुने कुरै भएन ।

२०१५ सालमै पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएका नेपाली जनताले त्यसयता मंसिर ४, २०७९ सहित सातवटा संसदीय निर्वाचनमा सहभागि बनिसकेका छन् । ती चुनावहरुमा जनताले आफ्नो मताधिकारको प्रयोग गरेर संसद र सरकारमा जसलाई पठाए, उनीहरुले कहिल्यै पनि जनमतको कदर गरेनन् । न त जनादेश अनुसारकै काम गरे । सांसद र मन्त्रीहरुले केवल आफू, आफ्ना सन्तान र आसेपासेहरुलाई मोटाउने काम मात्रै गरे । राज्यको ढिकुटीमा ब्रम्हलुट मच्चाएर मोजमस्ती रजाइँ गरे । त्यति मात्र होइन सत्ता स्वार्थका लागि देशको स्वाधीनतालाई नै सौदाबाजी गरी विस्तारवादी र साम्राज्यवादी शक्तिहरुको चरम दलाली गरे ।

You might also like
Loading...