बर्दियामा क्रान्तिकारी माओवादीका नेताकार्यकर्ता पक्राउ: पार्टीको ध्यानाकर्षण

0 325

बर्दिया । दलाल सरकारद्वारा आयोजित कथित संसदीय निर्वाचन उपयोग र बहिष्कार नागरिकको नैसर्गिक अधिकार प्रयोग गर्दा नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला समिति सदस्य लगायतका नेताकार्यकर्ता पक्राउ परेका छन ।

पार्टीका जिल्ला समिति सदस्य भक्त राम काफ्ले लगायतका नेताकार्यकर्ता राजापुरबाट आज पक्राउ परेका हुन ।

उक्त राज्यको फासीवादी कदमका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी)ले ध्यानाकर्षण जनाएको छ । पार्टीका जिल्ला सचिव बिद्रोही सर्बहाराले एक प्रेस विज्ञप्ति जारी गरि उक्त कार्यप्रति ध्यानाकर्षण जनाएको हो । साथै, नेताकार्यकर्तालाई बिना सर्त रिहाइको जोडदार माग गरेको छ । पार्टीको उक्त मागलाई व्यवास्था गरे कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।

You might also like
Loading...