बर्दियामा क्रान्तिकारीहरुको ध्रुवीकरण: पार्टी प्रवेश कार्यक्रम सम्पन्न
बर्दिया । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माअोवादी) पार्टीले बर्दियामा तीव्र रुपमा संगठन विस्तार गरिरहेको छ।
वर्तमान राज्य सत्ताको विकल्प दिन सम्झौताहीन संघर्ष गर्ने प्रतिबद्धता सहित देशभर पार्टीले संगठन विस्तार गरिरहेको हो ।
आज बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका स्थित भुरीगाउमा नेकपा (क्रान्तिकारी माओवादी) को जिल्ला समितिको पूर्ण बैठक सम्पन्न भएको छ । उक्त बैठकले महत्त्वपूर्ण निर्णयहरु पारित गरेको कुरा जिल्लाका सो पार्टीका नेताले जनपथ खबरलाई जानकारी गराएका छ्न ।
त्यस बैठकको अवसर पारी कपुर अधिकारी ´ज्वाला` ले नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (क्रान्तिकारी माओवादी) मा प्रवेश गर्नु भएको हो । उहाँ नेकपा (माओवादी केन्द्र)को जिल्ला सदस्य हुनुहुन्थ्यो । उहाँलाई नेकपा (क्रान्तिकारी माओवादी) का पाेलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले खाँदा ओढाएर स्वागत गर्नु भएको थियो ।