बाँकेमा किसानहरुसित अन्तरक्रिया कार्यक्रम सम्पन्न

0 190

बाँके । बाँके जिल्लाको खजुरा गाउँपालिका -५ पुरैनामा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माअोवादी) पार्टी र नेकपा (बहुमत) को संयुक्त आयोजनामा स्थानीय किसानहरुसित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम स्थानीय किसानहरुको सहभागिता रहेको थियो । साथै, उक्त कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सदस्य एवं खजुरा गाउँपालिकाका इन्चार्ज शक्तिले गर्नु भएको थियो ।

प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका पिवीएम एवं लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने हुनुहुन्थ्यो । त्यसैगरी अतिथि नेकपा (बहुमत) का केन्द्रीय सदस्य एवं बाँके तथा बर्दिया जिल्ला इन्चार्ज अनन्त, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य विपीन रोकाय र नेकपा (बहुमत) का केन्द्रीय सदस्य एवं बाँके जिल्ला संयोजक कृष्ण शाह हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा किसानहरुले स्थानीय समस्याहरुको विषयमा जिज्ञासा राख्नु भएको थियो । किसानहरुका समस्या समाधान गर्नको निमित्त कृषि क्रान्ति र भूमिसुधारको नीति लागु नगरी हलहुन नसक्ने कुराको ठाेकुवा गर्नु भयो ।

साथै, कार्यक्रमको प्रमुख अतिथि रहनु भएका न्यौपानेले नेकपा (क्रान्तिकारी माओवादी) ले जनस्तरमा अन्तरक्रिया कार्यक्रम सहित संगठन विस्तार गर्दै पुरानो राज्यसत्ता र व्यवस्थाका विरुद्ध संयुक्त रूपमा आन्दोलनको उठान गरी पुरानोको विकल्प संघीय जनगणतन्त्र स्थापना गर्नको निमित्त संघर्षको आँधीबेरी सृष्टि गर्नुपर्ने धारणा राख्नु भयो ।

You might also like
Loading...