कञ्चनपुरमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु

0 177

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा से ७ प २८४२ नम्बरको मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सो दुर्घटनामा परि गम्भिर घाइते भएका उहाँको माहाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल अनियन्त्रित हुँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । (फाइल फोटो )

You might also like
Loading...