सहिद -कविता

0 192

पुँजीवादी दलाल सत्ताको
विरुद्धमा एकदिन
सहिद फेरि ब्युँझनेछन्

विस्तारै विस्तारै
स्वप्नहन्ताहरूलाई
चारैतिरबाट घेर्नेछन्
सहिदी सपनाका
हत्यारामाथि बज्रनेछन्

सहिदका सपनामा
राइँदाइँ गर्ने विरुद्ध
फेरि अन्तहीन युद्धको
भयानक शब्दोद्घोष गर्नेछन्
सपना र मुक्तिका
दुस्मनसँग लड्नेछन्
र सुन्दर सुखको
नयाँ युग ल्याउनेछन्

You might also like
Loading...