नेकपा(क्रान्तिकारी माओवादी) द्वारा खिमबहादुर विश्वकर्माप्रति श्रद्धाञ्जली अर्पण

0 572

दाङ । मोहन वैद्य “किरण” नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश पार्टीले खिमबहादुर विश्वकर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

आज पार्टीका लुम्बिनी प्रदेश सचिव सङ्कुलले एक शोक वक्तव्यमा जारी गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन । साथै पार्टीले यस दु:खद घडीमा तिलक विश्वकर्मा लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।उक्त वक्तव्यमा भनिएको छ-“उहाँको मृत्युले सिंगो नेपाली कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको छ ।”

दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका- ३, गोग्ली स्थित प्रगतिटाेल निवासी खिमबहादुर विश्वकर्माको ८७ वर्षको उमेरमा आज दु:खद निधन भएको हो । उहाँ नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समिति सदस्य तिलक विश्वकर्माको पिता हुनुहुन्छ । उहाँका २ छोरा तथा बुहारी, ४ छोरी तथा ज्वाइँ र नाती-नतिनाहरु हुनुहुन्छ ।

You might also like
Loading...