शान्तिबाटिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न (फोटोफिचर)

0 359

काठमाडौं । तीन क्रान्तिकारी महिला संगठनहरुको संयुक्त अयोजनामा आयोजित ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा भव्य रुपमा सम्पन्न भएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी), नेकपा (बहुमत) निकट अखिल नेपाल महिला संगठन र नेकपा (मशाल) निकट अखिल नेपाल महिला संघले ‘स्वाधीनता, समानता र जनगणतन्त्रका लागि संघर्ष गरौं, ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाऔं’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।

अखिल नेपाल महिला संघकी केन्द्रीय संयोजक सुर्या थापाको अध्यक्षता र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की प्रदेश ३ की संयोजक धनमाया निरौला अनुको सञ्चालनमा सम्पन्न कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी)का पिविएम तथा प्रदेश ३ का इन्चार्ज चन्द्रहरि सुवेदी अटल, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष अम्बिका मुडभरी, अखिल नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष मनु विक, नेकपा (मशाल)का काठमाडौं जिल्लाका प्रवक्ता बलिभद्र शर्मा, अखिल नेपाल महिला संगठनकी केन्द्रीय सदस्य देवीकला अधिकारीले श्रमिक महिला दिवसको महत्वमाथि प्रकाश पार्दै नेपालमा नयाँ जनवादी क्रान्ति पूरा नगरेसम्म नेपाली महिलाहरुले वास्तविक अधिकार प्राप्तिको अनुभूति गर्न नसक्ने कुरा बताउनु भयो । सबै वक्ताहरुले महिलाहरुमाथि भइरहेको शोषण, दमन, विभेद, उत्पीडन, हत्या, हिंसाको अन्त्यका लागि जनगणतन्त्र प्राप्तिको संघर्षमा उत्रनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेकपा (बहुमत)का नेता कृष्ण धमला, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष पवित्रा फुयाँल अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा महिला मुक्ति आन्दोलनसँग जोडिएको विषयमा कवि गौरी देवकोटा र देवी कोइरालाले क्रान्तिकारी कविता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य अखिल नेपाल महिला संगठनकी केन्द्रीय सचिव क्रान्ति पाण्डेले गर्नुभएको थियो ।

You might also like
Loading...