देशका विेभिन्न स्थानमा तीन वटा शव फेला

0 184

बर्दिया । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । धनकुटाको जोरपाटी गाउँपालिका–२ हात्तिखर्क सल्ले बस्ने १९ वर्षीय पूर्ण राना मगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी दाङको तुलसीपुर उपमहागनरपालिका–३ एकता टोलस्थित पातुखोला नजिक सल्यान कालीमाटी गाउँपालिका–४ बस्ने ४४ वर्षीय भोला कडेल मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। साथै, चितवनको भरतपुर महानगरपालिका–२ नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी १६ वर्षीय पुरुष हिजो मृत अवस्थामा भेटिएका छन् । यी घटनामा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।

You might also like
Loading...